Aamsanchar

स्वास्थ्यविमा विषयक अभिमुखिकरण तालिम सम्पन्न

Author Image
बिहिवार, असोज ५, २०७४

खुदुनाबारी ।


नगरपालिका स्तरमा सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा) विषयक दुई दिवसीय अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता भने अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार रानाले गरेका थिए । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आयोजना गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिका जनप्रतिनिधिहरुको संक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका भित्रका वडाअध्यक्षहरु गजाधर खतिवडा,रघुनाथ खनाल,जीवन भण्डारी,दुर्गा दाहाल,ध्यान बहादुर भारती,लोकनाथ गौतम,नवीन ढुङ्गाना,गोपिचन्द्र गौतम,पुष्प प्रसाई,बलदेव गोम्देन,भैरव खड्का लगायतका जनप्रतिनिधिको सहभागितारहेको सामाजिक स्वास्थ्य कार्यक्रम झापा अधिकृत निरज सापकोटाले जानकारी दिए ।
कार्यक्रममा विमाको बारेमा सुक्ष्म ढङ्गले बुझ्ने अवसर प्रदान भएको सहभागिहरुले बताइएका छन् ।स्वाथ्य प्रणाली बरिष्ठ प्रावधिक सल्लाकार एंवम हेल्फ फर लाइफ बरिष्ठ सल्लाकार अशोक पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य विमा दर्ता अधिकारी दिलिप प्रोखेल,जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत कुल बहादुर पौडेल,जिल्ला सम्वन्य समिति झापाका प्रतिनिधि माङ हस्ता,तारानाथ दाहाल,प्राथामिक स्वास्थ्य केन्द्र ईन्चार्ज शनिश्चरेका डा. सुसीला कुमारी यादव विमा दर्ता सहयोगी तुलसा कुवँर,नरमाया चौलागाई,मेची अञ्चल अस्पतालका मेडिकल रेक्रडर अधिकृत मनोज कुमार प्रोखेल,आम्दा नेपालका बिमा फोकल पर्सन राजेन्द्र सापकोटा,विमा जिल्ला प्रबन्ध्रक रमेन्द्र कुुसुवा,दर्ता अधिकारी पशुपती चौधरी,प्राथामिक स्वास्थ्य केन्द्र विमा फोकल पर्सन डम्बर बल्लब मिश्र,नगरपालिकाका स्वास्थ्य संयोजक भुकुन्द्र न्यौपाने लगायतको आतिथ्यता रहेको कार्यक्रममा स्वागत नगरपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण खतिवडाले गरेका थिए ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर