Aamsanchar

सुनसरीबाट ४ लाख बढी रकम सहित ५ जुवाडे पक्राउ

Author Image
सोमवार, असोज ९, २०७४

सुनसरी।

tas

सुनसरीको कोशी गाउँपालिका ८ स्थित भाण्टाबारीबाट प्रहरीले आईतबार राती तास खेली रहेको अबस्थामा ४ लाख बढी रकम सहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीय एक घरमा तास खेलीरहेको भन्ने सुचनाको आधारमा तास खालाबाट ५ जनालाई नियन्त्रणमा लिईएको हो।

तास खालबाट प्रहरीले ताससहित ४ लाख २२ हजार १ सय ३५ रुपैँया बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर