Aamsanchar

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक एवं गायक मुनालको निधन

Author Image
बिहिवार, असोज १२, २०७४

काठमाडौँ, 

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बन्नु भएका मुनाल घाँटीको क्यान्सर (पाइरोपÞmोम साइनस)बाट पीडित हुनुहुन्थ्यो । ११ वर्षअघि उहाँको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।

विराटनगरमा २००६ सालमा जन्मनुभएका उहाँले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गर्नुभई झण्डै चार दशक रेडियो नेपालमै बिताउनुभयो ।

उहाँले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ भ.चर्चित गीत गाउनुभएको छ । उहाँ २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त हुनुभएको थियो ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर