Aamsanchar

विद्यार्थीलाई पोशाक 

Author Image
शुक्रवार, असोज १३, २०७४

हल्दिबारी,

बडादशैँका अवसरमा झापा हल्दिबारी गाउँपालिका–७ स्थित नवसिर्जना आधारभूत विद्यालयका ८० विद्यार्थीलाई बिहीबार विद्यालय पोशाक प्रदान गरिएको छ ।

चन्द्रबहादुर माक्रिरहाङ राईको स्मृतिमा उहाँको परिवारले विद्यालयमा स्थापना गरेको रु तीन लाखको अक्षयकोषबाट प्राप्त ब्याजबाट उनीहरुलाई पोशाक प्रदान गरिएको हो । कक्षा–१ देखि ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोशाक प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र योङ्हाङले जानकारी दिनुभयो ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, कौशीहाङ्छेन स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार राई, हल्दिबारी स्रोत व्यक्ति टंक सेढाईं, विद्यालयका प्रअ भीमप्रसाद उप्रेतीलगायतले पोशाक वितरण गर्नुभएको थियो ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर