Aamsanchar

गाई गोठमा एक जना मृत फेला

Author Image
आइतवार, असोज २२, २०७४

विराटनगर, 

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– १ स्थित एउटा गाई गोठमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय पदमलाल आचार्यको ५० वर्षीय छोरा उद्वव आचार्य आफ्नै गाई बस्तु बाँध्ने गोठमा बिहान मृत अवस्थामा फेला परेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाउनुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर