लहान, 

प्रहरीको गस्ती टोलीले आज बिहान सिरहा नगरपालिका–१७ बाट चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ६३३६ नंको मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–९ निवासी ३६ वर्षीय राजेश्वर साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो ।

पक्राउ परेका साहको साथबाट मोती जडान भएको चाँदीको ब्रासलेट १३ थान, मोतीबिनाको चाँदीको ब्रासलेट छ थान, चाँदीको सिक्री २० थान, चाँदीको लक ८० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Views: 153

