Aamsanchar

एक वर्षमा पाँचथरका १६ जनाको विदेशमा ज्यान गयो

Author Image
बुधवार, असोज २५, २०७४

पाँचथर,

वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ ।  मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार सबैभन्दा बढी १२ जनाको साउदी अरबमा ज्यान गएको छ ।

दुबईमा दुईजना, कतार र दक्षिण कोरियामा एक÷एक जनाको ज्यान गएको छ । दक्षिण कोरियामा जयकुमार राई, कतारमा राजकुमार नेम्वाङ, दुबईमा रञ्जित खपाङ्गी, राजकुमार नेपाली र साउदी अरबमा अमित राई, राजकुमार सुहाङ, लोकबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, ललित राई, मेघराज राई, वीरबहादुर विश्वकर्मा, चन्द्रहाङ आङबो, रणबहादुर खेवा, मदनकुमारी तुम्बापो, बलबहादुर सारु मगर र सुजन राईको ज्यान गएको छ ।

मृतकमध्ये १४ जनाका परिवारलाई कम्पनीले पाउन बाँकी तलब २९ लाख ६६ हजार ५ सय २१ रुपैयाँ दिइएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाको हिलिहाङ गाउँपालिका ७ घर भएका मृतक चन्द्रबहादुर तामाङ र सुजन राईको परिवारले भने कम्पनीले पठाएको तलब लिन बाँकी रहेको बताइएको छ । 

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर