Aamsanchar

उदयपुरमा एकलाख पन्चानब्बे हजार मतदाता

Author Image
शुक्रवार, असोज २७, २०७४

उदयपुर,

आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदाताको संख्या एक लाख ६४ हजार ४४१ रहेको थियो ।

गत साउन महिनामा पुनः फोटोसहितको मतदाताको नामावली दर्ता गर्ने मिति निर्धारण गरेपछि उदयपुरमा करिब २२ हजार ४३४ जना मतदाता वृद्धि भई एक लाख ९५ हजार मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर बस्नेतले बताउनुभयो ।

विगतमा उदयपुरमा केन्द्रका लागि प्रतिनिधिसभाका तीनवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो भने हालको नयाँ पुनःसंरचना अनुसार दुई निर्वाचन क्षेत्र केन्द्रको प्रतिनिधि सभाको लागि र चार निर्वाचन क्षेत्र प्रदेश सभाको लागि निर्धारण गरिएको छ भने स्थानीय तहमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन् ।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर