काठमाडौँ,

काठमाडौँ महानगरपालिका–१३ वडास्थित नेकपा ९एमाले० खुसीबही टोलले ११३८ नेपाल संवत्, तिहार र छठ पर्वको अवसरमा आज चियापान तथा शुभकामना आदानप्रदान गरेको छ ।
उक्त कार्यक्रममा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विभिन्न पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै महानगरका महत्वपूर्ण सम्पदा स्थललगायत पूर्वाधारको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

नेकपा एमालेका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्दै नेपाल संवत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष शिव वैद्य, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष तथा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीयवासीको समेत सहभागिता थियो ।



