Aamsanchar

समाजवादको सन्देश प्रवाह गर्न अध्यक्ष दाहालको आग्रह

Author Image
बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ, 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गर्नुभएको छ ।
केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई आज आफ्नो निवास लाजिम्पाटमा शुभकामना दिँदै उहाँले आशन्न निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले वैज्ञानिक समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गर्नुभएको हो ।
दुई दलबीच गत असोज १७ मा तालमेल र एकताको घोषणा भएको थियो ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर