Aamsanchar

खोलाले बगाएर बालकको मृत्यु

Author Image
शुक्रवार, कार्तिक ३, २०७४

नुवाकोट, 

मिनीट्रक धुने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् ।

समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएको वेला बा४ख ६३१३ नंं को मिनीट्रक धुने क्रममा बिहीबार उनलाई भेलले बगाएका थिए । खोजी गर्ने क्रममा आज उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर