Aamsanchar

मोटरसाईकल दुर्घटना १ को मृत्यु ४ घाईते

Author Image
शुक्रवार, कार्तिक ३, २०७४

मोरङ।

मोरङको बेलबारी नगरपालिका ७ स्थित कसेनीमा मोटरसाईकल दुर्घटनाम परी १ जनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन्।

भित्री सडक खण्डमा कसेनीबाट कानेपोखरीतर्फ जाँदै गरेको को १३ प ८०३३ नम्बरको मोटरसाईकललाई कानेपोखरीबाट लहर चौकतर्फ आउँदै गरेको बा ७ प ७२७७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो।

दुर्घटनामा परी गम्भीर घाईते ८०३३ नम्बरको मोटसाईकल चालक बेलबारी ५ कसेनी बस्ने बर्ष ३२ को राजकुमार कार्कीको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा दिउँसो पौने १ बजे मृत्यु भएको प्रहरी चौकी बाहुनीले जनाएको छ।

त्यस्तै घाईतेहरुमा ७२७७ नम्बरको मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका २ बस्ने ५० बर्षिय केदार कार्की (गम्भिर), सोही मोटरसाईकलको पछाडी सवार कानेपोखरी बस्ने बर्ष ४० को मान बहादुर तामाङ (गम्भिर) को सोही अस्पतालमा उपचार भईरहेको छ।

यसैगरी ८०३३ नम्बरको मोटरसाईकलको पछाडी सवार कानेपोखरी गाउँपालिका २ बस्ने बर्ष २७ कि सारदा बिष्ट र उनकी १७ महिनाको छोरी युडिस बिष्ट सामान्य घाईते भई स्थानिय किल्निक बाहुनीमा उपचार पश्चात डिस्चार्ज भएको बाहुनी चौकी ले जनाएको छ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर