संखुवासभा।


tas

संखुवासभा जिल्लाको दुई स्थानबाट शुक्रबार अपरान्ह १३ जना जुवाडेहरु पक्राउ परेका छन्।

विशेष सुचनाका आधारमा चार जनालाई मकालु गाउँपालिका २ सेदुवा बजारस्थित सुनिल थापाको घरबाट तथा ९ जनालाई चैनपुर नगरपालिका ८ स्थित राउत गाउँबाट कौडा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

दुबै स्थानबाट प्रहरीले कुल १ लाख ५८ हजार ९० रुपैया नगद, २ सेट कौडाको गोटी तथा १ बुङ तास बरामद भएको जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
Views: 167

