ताप्लेजुङ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आङखोपमा शुक्रबार धारीलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्।

घाइते हुनेमा सिदिङवा गाउँपालिका-३ आङखोप बस्ने २५ बर्षिय लाखमान ताम्लिङ रहेका छन्। उनलाई सोही ठाउँका २४ बर्षिय पवन राईले देउसी खेल्ने क्रममा विवाद हुँदा बेलुका ८ बजेतिर धारीलो हतियार खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट घाइते लाखमानको साब्लाखूमा उपचार भइरेको छ भने खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरेहको प्रहरी चौकी साब्लाखुले जनाएको छ।

Views: 125

