Aamsanchar

घरमा आगलागी हुँदा रु ६७ लाखको क्षति

Author Image
सोमवार, कार्तिक ६, २०७४

मोरङ,

मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ ।

साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् चुहिएर आगलागी भएको थियो । आगलागीबाट उनको घर, भान्सा घर, नगद रु दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभित्र भएको सम्पूर्ण सामान र अन्नपातसमेत जल्दा रु ६७ लाख बढीको क्षति भएको पीडितले बताएका छन् ।

आगोलाई मोरङको सुन्दरहरैचा र झापाको दमकबाट आएका दमकल तथा स्थानीयवासीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर