

घरको तिन तल्लामाथी चडेर सर्वसाधारणलाई पिटदै प्रहरी

बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडप भएपछि तनावग्रस्त भएको झापाको विर्तामोडमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।शुक्रबार दिउँसो साढे १ बजेबाट प्रशासनले कर्फ्यु लगाएको हो । तर, आक्रोशित सर्वसाधारणले कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन् । आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय नजिकै रहेका दर्जनौ सवारी साधन आगजनी समेत गरेका छन् ।
स्थानीय प्रशासनले पुर्वमा वसपार्क, पश्चिममा चारपने, उत्तरमा माहानन्द चोक र दक्षिणमा विर्ताबजारसम्म कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी विष्णुकुमार केसीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार कर्फ्यु अनिश्चितकालका लागि लगाइएको हो ।

बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि विर्तामोडको स्थिति आज बिहानैबाट तनावग्रस्त बनेको हो ।

प्रर्दशनकारीले बालेको टायर प्रहरीले फ्यालेको टियर ग्यासको धुवाको मुस्लो


सर्वसाधारणको घरमा प्रहरीले हानेको टियर ग्यास

प्रहरीलाई गुलेली ताक्दै आन्दोलित युवा

विर्तामोड शनिश्चरे रोड

मुक्तिचोकमा प्रहरी र आन्दोलित नागरीकहरु

आन्दोलितकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा हानेको ढुंगाहरु

अधुवा खोलामा बलेको टायर

प्रहरीको लाडी प्राहरवाट घाईते बनेका एक प्रर्र्दशनकारी

दोहोरो प्रतिकार पछि सुनसान बनेको सडक
यो पनि पढनुहोस् http://aamsanchar.com/?p=33804

