Aamsanchar

बार्ता मिल्यो तर कर्फयू हटेन, विर्तामोडमा

Author Image
शनिवार, कार्तिक ११, २०७४

शनिबार दिउसो सुनसान विर्तामोड

विर्तामोड कात्तिक ११ । प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका अर्जुनधारा नगरपालिका – ११ का ३० वर्षीय नरेश थापाको परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा आज बिर्तामोडमा बसेको सर्वदलीय वैठकले मृतकका परिवारलाई तत्काल राहतका लागि बिर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति झापाले पच्चीस पच्चीस हजार र बिर्तामोड उद्योग वाणिज्य संघले दश हजार रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै मृतककी श्रीमतीलाई नगरपालिकामा आबश्यक रोजगारीको व्यवस्था मिलाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिनुभयो ।

सर्वदलीय वैठकले यो संगै आठ वुँदे सहमति गरेको छ । जसमा कात्तिक १० गते बिर्तामोड क्षेत्रमा घटित घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवाललाई छानविन गरी प्रहरी नियमावली बमोजिम आवश्यक कारवाही गर्न सिफारिस गर्ने, मृतक लक्ष्मण लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युका सम्वन्धमा सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सुक्ष्म रुपमा अध्ययन अनुसन्धान सुरु गर्ने सो सम्वन्धमा संर्घष समितिका संयोजक सीता पाण्डे, सदस्य ध्रुव सिवाकोटी मृतकका काका विष्णु सिवाकोटी र मामा हेम पौडेलको सहयोगमा अनुसन्धान अघि बढाउने निर्णय भएको छ ।

त्यस्तै असोज १४ र कात्तिक १० मा घटित घटनाका दोषिलाई छानविन गरी कानुन वमोजिम कारवाही गर्न गृह मन्त्रालयबाट गठित छानविन समितिलाई सवै पक्षले सहयोग गर्ने, घटनामा घाइते हुनेलाई निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले गर्ने रहेका छन् । यान्त्रिक कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सवारी साधन लगायत भौतिक सम्पत्ती बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार ािकोटीको घर, निजी गाडी, वुलेट मोटरसाइकल, नगरपालिकाको गाडी, मनमोहन अस्पताल, राजकुमार थापाको गाडी, निर्वतमान संसाद प्रेम गिरीको मोटरसाइकल, लगायत निजी सवारी र निजी सम्पत्तीको क्षतिको यकिन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी वालक सिवाकोटीको मृत्युको विषयलाई लिएर भइरहेको विरोधका कार्यक्रम तत्काल स्थगित गर्ने र बिर्तामोड विर्तामोड नगरपालिकामा हालको असामान्य अवस्थालाई सामान्यीकरण गर्न सम्वन्धित राजनीतिक दल जन प्रतिनिधि , संघ संस्थाहरु संञ्चारकर्मी, व्यवसायी नागरिक समाज लगायत सवैमा अपिल गरिएको छ । घटनामा मृत्यु हुने मृतक प्रति श्रद्धाञ्जति एवम् परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेको सीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

अर्जुनधारा नगरपालिका – ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर थापाको शुक्रवार मृत्यु भएको थियो ।
वैठकमा पिताम्वर अधिकारी, प्रहरी उपरीक्षक विष्णु केशी, नेकपा एमालेका एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख ध्ुवकुमार सिवाकोटी, उप प्रमुख पवित्रा महतरा प्रसाई, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, नेपाली कांग्रेसका दीपक तामाङ,नेकपा माओवादी केन्द्रका सीपी कडरिया, मृतक वालकका काका विष्णु सिवाकोटी, मामा हेम पौडेल लगायत सहभागी थिए । विहान आठ वजेबाट बार्ता सुरु भएको थियो ।

यता बार्तापछि शुक्रवार दिउसोबाट लगाइएको कर्फयूू  खुले पनि केहिबेरमै पुन सडकमा टायर बन्न थालेपछी कर्फयूलाई प्रसाशनले  अझैं हटाइएको छैन । कर्फयू हटाइने विषयमा पुनः सुरक्षा समितिको वैठक वसेर निर्णय गरिने बताइएको छ । प्रहरीले चलाएको गोली लागेर अन्य ६ जना घाइते भएका थिए ।

शनिबार साझँ विर्तामोड

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर