(नरेन्द्र ढकाल)
बिर्तामोड ।


झापाको बिर्तामोडमा शुक्रबार भएको हिंसात्मक प्रर्दनपछि जिल्ला प्रशासन कार्यालयलले लगाएको अनिश्चितकालीन कफ्यु साढे ५५ घण्टापछि हटाइएको छ ।
झापाको अर्जुनधारा नगरपालिका –११ का ११ वर्षिय बालक लक्षमण शिवाकोटीको हत्याभएको भन्दै स्थानीयबासीले स्वतस्फ्र्त रुपमा निकालेको शान्ति ¥यालीमा प्रहरीले दमन गरेपछि प्रर्दशन हिंसात्मक बन्न पुगेको थियो ।

महानन्द चोकबाट सुरु भएको ¥याली मुक्ति चोक आए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीको कमाण्ड सम्हालेका डीएसपी राजकुमार सिलवालले लाठ्ठी चार्ज र अश्रृग्यास प्रहार गर्न थालेपछि शान्तिपूर्ण रुपमा निकालीको ¥याली एका–एक हिंसात्मक बन्दै तोडफोड र आग्जानीमा उत्रिएको थियो ।
प्रर्दशन हिंसात्मक बन्दै अराजक बन्न थालेपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो साढे एक बजेबाट अनिश्चितकालका कफ्यु लगाएको थियो । कफ्यु लगाएपनि प्रर्दशन नरोकिए प्रहरीले चलाएको गोली लागेर एक ब्यक्तिको मृत्यु भएको थियो । लामो समयको कफ्युका कारण बिर्तामोडको जनजीवन प्रभावित बन्न पुगेको थियो ।
पटक–पटक कफ्यु हटाउने प्रयत्न गरिएपनि परिस्थिती सामान्य भइनसकेकाले नहटाइएको र आइतबार राती ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागी कफ्यु हटाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । उनले सोमबार बिहानसम्मको अवस्था हेरेर कफ्यु हटाउने वा लगाउने भन्ने टुङगो लाग्ने बताएका छन् ।
झापाको इतिहासमै यति लामो कफ्यु :
झापामा विभिन्न समयमा भएका घटना क्रमलाई र्फकेर हेर्दा अहिलेसम् मयति लामो कफ्यु लागेको थाहा नभएको स्थानीयको भनाई छ । १९ दिने जनआन्दोलन, बिर्तामोडमा भएको चिठ्ठा काण्ड लगायतका विभिन्न घटनाहरुमा प्रशासनले कफ्यु लगाउनु पर्ने अवस्था आएपनि साढे ५५ घण्टासम्म लगातार कफ्यु लगाएको झापाको इतिहासमा पहिलो भएको जानकारहरु बताउँछन् ।
विगतका कफ्युहरुमा मानिसहरु सजक हुने गरेपनि यसपटक जुन पििस्थतका बीच कफ्यु लागेको थियो । त्यसमा सामाजिक सञ्जालहरुमा आएको विभिन्न भड्काउ पूर्ण अभिब्यक्तिका कारण पनि मानिसहरु उत्तेजित बनेर प्रशासनले कफ्यु लम्ब्याउन बाध्य भएको सुरक्षा निकायको भनाई छ ।

जिल्ला सुरक्षा समितिको बैठक बसेर शनिबार बेलुकाबाटै कफ्यु हटाउने प्रयत्न गरेपनि आन्दोलन चर्किन संकेत पाएपछि कफ्युलाई निरत्तरता दिएको थियो । लगातारको कफ्युका कारण जनजीवन प्रभावित बनेको भन्दै आलोचना समेत सुरु भएको र परिस्थिती समेत समान्य बन्न थालेपछि आइतबार राती ९ बजेबाट सोमबार बिहान ९ बजेसम्मका लागी कफ्यु हटाइएको प्रजिअ तिवारीले बताए ।
किन प¥यो आन्दोलनकारीको निशानामा ट्राफिक ?
मेची अञ्चलकै प्रमुख ब्यपारी केन्द्रको रुपमा रहेको झापाको बिर्तामोड स्थित मुक्तिचोक उत्तरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय हरेक आन्दोलनको निशानामा पर्ने गरेको छ । आन्दोलनकारी आफ्नो माग पुरा गर्न गरिने प्रर्दनमा सुरक्षा निकायको उपस्थिती हुने गरेको छ ।
आन्दोलन हिंसात्मक बन्न थालेपछि सुरक्षकर्मी पछि हट्दै ट्राफिक प्रहरी कार्यालयमा शरण लिन पुग्ने गरेको र आन्दोलनकारी सुरक्षाकर्मीलाई आक्रमण गर्दा ट्राफिक कार्यालयमा क्षति हुने गरेका घटना शुक्रबारको मात्र होइन विगतका इतिहासमा पनि यस्ता घटनाहरु ट्राफिक प्रहरीले ब्यर्होदै आएको छ ।
शुक्रबार भएको हिंसात्मक आन्दोलनमा आन्दोलनकारीले ढुङगामुढा प्रहार गर्दा करिब ५० लाखबढीको क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयकाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयका झ्यालका सिसा, सिसि क्यामेरा, विभिन्न चेतनामुलक बोर्डहरु, यातायातका सवारी साधन, भावनमा क्षति पुगेको छ । आन्दोलनकारीले ट्राफिक प्रहरीलाई निसाना नबनाएपनि सुरक्षाकर्मीहरु प्रवेश गरेपछि ट्राफिक प्रहरी कार्यालय सबैको आखाँको तारो बन्न पुगेको सर्वसाधारणको भनाई छ ।
कसरी चर्कीयो आन्दोलन ?
झण्डै एक महिना अघि बिर्तामोड बैसाबारीमा अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शव फेला परेको थियो । अघिल्लो दिन फुपूको छोरा १२ वर्षीय मनिष थापालाई विदेशबाट आएको जुत्ता लिन बिर्तामोड–५ का सुधिर पोखरेलको घरमा गएका थिए, उनी । त्यसपछि शिवाकोटी एकाएक परिवारको सम्पर्कबाट बाहिर भएका थिए ।
अपरान्हसम्म पनि छोरा घर नफर्किएपछि शिवाकोटी परिवारका सदस्य पोखरेलको घरमा पुगेका थिए । तर, ढोकामा ताल्चा थियो । दसैंको टीकाको दिन भएकाले पोखरेल परिवार गोल्धावमा टीका लगाउन गएको थियो । त्यसपछि परिवार र स्थानीयले बालकको खोजी सुरु गरे । तर, रातिसम्म केही अत्तोपत्तो भएन । भोलिपल्ट बिहान बैसाबाडीमा रहेको एउटा भौडीमा भासिएको अवस्थामा बालकको शव भेटिएको थियो ।
परिवारले लक्ष्मणको हत्या भएको दाबी गर्दै पोखरेल परिवारका ८ सदस्यबिरुद्ध किटानी जाहेरी दिएको थियो । तर बिर्तामोडका तत्कालिन डिएसपी राजकुमार सिलवालले जाहेरी लिनसमेत आटाल गरेपछि उनीमाथि चर्को दबाब सिर्जना गर्नु परेको थियो । बल्लतल्ल जाहेरी दर्ता गरेको प्रहरीले अनुसन्धानलाई तिब्रता नदिएको भन्दै असन्तुष्टि बढ्दै गएको थियो । त्यसैले आन्दोलनको रुपलिदाँ उक्त घटना आन्दोलनमा परिणत भएको थियो ।

