Aamsanchar

दुई भारतीय ‘सुटर’ पक्राउ 

Author Image
बिहिवार, कार्तिक १६, २०७४

काठमाण्डौ ।

कमलावादी क्षेत्रमा बुधबार दिउँसो अचानाक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो । त्यही बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा गर्यो ।

प्रहरीले केहिबेरमै दुवै जनालाई पक्राउ गर्यो । र गोली चलाउने उनहरुनै रहेको पुष्टि भयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकका अनुसार उनहीरुको साथबाट एउटा आधुनिक पेस्तोल, ४ वटा म्यागजिन र ५१ राउण्ड गोली बरामद भएको छ ।सोधपुछका क्रममा उनीहरु दुवै भारत पन्जाबका जसवीर सिंह र शरदेवेन्द्र सिंह रहेको खुल्यो ।

ती भारतीय नागरिक रक्सौलबाट भैरहवा हुँदै मंगलबार बेलुका काठमाडों भित्रिए हेरिटेज प्लाजालमा बसेका थिए । होटलमा प्रहरीले उनहरुले प्रयोग गरेको सेतो रङ्को पिवी १० एफएस ७४४९ नम्बरको मारुती सुजुकी कार फेला पार्यो । गाडीमा केही उपहार थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर