Aamsanchar

संविधानमै सीमित ३३% महिला आरक्षणको व्यवस्था

Author Image
शनिवार, कार्तिक १८, २०७४

बिर्तामोड, 

प्रमुख राजनीतिक दलहरुले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्थासहितका नारा घन्काएपनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचनमा महिला उम्मेदवारको संख्या झापामा न्यून छ ।

प्रतिनिधिसभाका लागि बाम गठवन्धनकातर्फबाट नेकपा (एमालं)ले क्षेत्र नम्वर २मा पवित्रा निरौला खरेललाई उम्मेदवार बनाए पनि नेपाली कांग्रेसले एक जनापनि महिला उम्मेदवार बनाएको छैन ।

नेकपा एमालेले ५ निर्वाचन क्षेत्र मध्ये चार जना प्रतिनिधितर्फ पुरुष उम्मेदवार उठाएको छ । ८ स्वतन्त्रसहित ५९ जनाको प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता भए पनि त्यसमा दुई जना मात्र महिला उम्मेदवार रहेका छन् । झापा क्षेत्र नम्वर ३बाट नेपाल जनता पार्टीकातर्फबाट सुजाता ओली उप्रेती चुनावी मैदानमा छिन् ।

झापामा रहेका ठूलादेखि साना दल तथा स्वतन्त्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि जम्मा ५ वटा क्षेत्रबाट जम्मा ६ जना मात्र महिलाको उम्मेदवारी परेको छ । संविधानले नै हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि दलहरुले महिलालाई अधिकारबाट बञ्चित गराएका छन् । यो अवस्था भने गठबन्धन र चुनाव जित्ने होडबाजीका कारण भएको सरोकारवालाले बताएका छन् ।

क्षेत्र नम्वर १को प्रदेशसभा (ख)मा राष्ट्रिय जनता पार्टी नेपालबाट रमा मेचेको उम्मेदवारी परेको छ । क्षेत्र नम्वर ३ (ख) बाट मंगोल नेशनल अर्गनाइजेशनले सत्यकला नेम्वाङको उम्मेदवारी परेको छ । क्षेत्र नं. ५ (क) प्रदेशसभाका लागि जम्मति तिम्सिनाको उम्मेदवारी परेको छ ।

झापामा दावीबिरोध परेन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुमाथिको दावी विरोधको समय सकिएको छ । निर्वाचन कार्यक्रम अनुसार शुक्रवार दावी विरोधको समय रहेकोमा झापामा कुनै उम्मेदवारमाथि दावीबिरोध नपरेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर