Aamsanchar

लक्ष्मण हत्याका आरोपी जेल चलान

Author Image
आइतवार, कार्तिक १९, २०७४

झापा, 

झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

असोज १४ गते मृत अवस्थामा फेला परेका शिवाकोटीको हत्या गरिएको पीडित परिवारको आरोप छ । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ । हत्या आरोपित अन्य पाँच जना फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर