इलाम,

नेकपा(एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनले निर्वाचनबाट दुई तिहाइ बहुमत ल्याएर पाँच वर्ष स्थायी सरकार बनाउनेमा कसैलाई पनि शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

वाम गठनबन्धनद्वारा फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट प्रतिनिधिसभा इलाम क्षेत्र नं २ का उम्मेदवार नेम्वाङले लोकतान्त्रिक र राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरिएको हो भन्नुभयो ।

दुई नं क्षेत्रमा सडक, पुल, खानेपानी, विद्युत्जस्ता विकासका पूर्वाधार आफ्नै पहलमा बनेको जिकिर गर्नुभयो । कार्यक्रममा प्रदेशसभामा क्षेत्र नं २ (ख) का उम्मेदवार धीरेन्द्र शर्माले जनतालाई यसपटक गठबन्धनलाई मत दिएर मुलुकमा विकासको ढोका खोल्न आग्रह गर्नुभयो ।

Views: 107

