Aamsanchar

युनियनले बुझायो १३ बुँदे ज्ञापनपत्र

Author Image
बुधवार, असार १५, २०७३

पाँचथर ।images

नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पाँचथरले जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा समक्ष १३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

युनियनका पाँचथर अध्यक्ष रामप्रकाश ओझाको नेतृत्वमा मंगलबार गएको टोलीले पाँचथर जिल्लाभरिका उच्च माविमा रहेका खाली दरबन्दीमा तत्काल शिक्षक नियुक्ति गर्न माग गरेको छ । जिल्ला शिक्षा समितिको बैठकमा कार्यालयले सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनका पदाधिकारीलाई नबोलाएको भन्दै आपत्ति जनाउँदै आगामी बैठकमा अनिवार्य आमन्त्रण गर्नसमेत माग गरेको छ ।

युनियनले बुझाएको सो ज्ञापनपत्रमा उच्च मावि तहका दरबन्दी र अनुदानमा विभेद नगर्न निर्देशनसमेत दिएको छ । उच्च माध्यमिक तहमा दरबन्दी, करार र आंशिककालीन शिक्षकको संरक्षण र हकहितका लागि आवाज उठाउँदै आएको युनियनले सो ज्ञापनपत्रमार्फत केन्द्रसमक्ष पनि माग राखेको छ । युनियनले सरकारले उच्च माविको सम्पूर्ण आर्थिक दायित्व बहन गर्नुपर्ने, विषयगत शिक्षक दरबन्दी स्वीकृत गर्नुपर्ने लगायतका १३ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ–‘उच्च माध्यमिक तहमा देखिएका समस्या तत्काल समाधान गर्दै शिक्षकलाई व्यावसायिक र गुणस्तरीय बनाउन आवश्यक छ जसले शैक्षिक उत्पादनमा ठूलो सहयोग पुग्ने युनियनको ठहर छ ।’

युनियन पाँचथरका पदाधिकारी तथा सदस्य सम्मिलित टोलीले ज्ञापनपत्रमा उठाइएका माग सान्दर्भिक भएको भन्दै त्यसको सम्बोधन गर्न आवश्यक भएको औँल्याएको छ ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर