Aamsanchar

झट्केली छोरी बलात्कार गर्ने बाबु पक्राउ

Author Image
बिहिवार, कार्तिक २३, २०७४

दाङ :

झट्केली (श्रीमतीसँगै ल्याएको) छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बंगालाचुली गाउँपालिका वडा नं.५ साकिनेका ३२ वर्षीय भीमबहादुर गिरीलाई प्रहरीले पक्रेको हो। उनले १४ वर्षीया झट्केली छोरीलाई डर धम्की देखाइ बलात्कार गर्दै आएको भन्दै उजुरी परेको छ।

गिरीविरुद्ध जबरजस्तीकरणीअन्तर्गत मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिइन्। यसैबीच अवैध गर्भपतन गराएको अभियोगमा प्रहरीले घोराहीबाट दुई जनालाई पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका- १५ क्याम्पस रोडमा पियुष मेडिकल सञ्चालन गरिरहेका स्थानीय ४० वर्षीया किरण भण्डारी र घोराही–३ झिङ्नीकी ४२ वर्षीया कल्पना श्रेष्ठ रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।

प्रहरीका अनुसार प्रहरीका अनुसार उनीहरुले मिस्टोल नामक औषधी खुवाई घोराही–३ झिङ्नीकी २५ वर्षीया शान्ति चौधरीको २२ गर्भपतन गराएका थिए।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर