Aamsanchar

सिटौला दम्पतिले दिए समर्पण कर्मयोग भवनलाई ५१ हजार

Author Image
बुधवार, कार्तिक २९, २०७४

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

बिर्तामोड, कात्तिक २९।  बिर्तामोड २ निवासी डिल्लीराम–मायादेवी सिटौलाले झापाको कनकाई माई कोटीहोम परिसरमा निर्मित समर्पण कर्मयोग भवन (काजकिरिया गर्ने घर) का लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । सिटौला दम्पतिले आज बुधबार चारपानेमा समर्पण कर्मयोग भवन निर्माण समितिका अध्यक्ष महेन्द्रकुमार गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सहयोग दाता डिल्लीराम सहारा नेपाल साकोसका संरक्षक, पूर्वाञ्चल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष तथा परिवर्तन सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हुन् । श्रीमति मायादेवी कलाकार हुन् । कर्मयोग भवनमा अधिकांश झापालीको समर्पण रहेकाले आफ्नो तर्फबाट उक्त रकम समर्पण गरिएको सिटौलाले बताए ।

दश करोड रुपैयाँको गुरुयोजनासहित निर्माण थालिएको कर्मयोग भवनको पहिलो तला करिब दुई करोड रुपैयाँको लागतमा सम्पन्न भएको अध्यक्ष गिरीले बताए । भवनको एउटा ब्लकमा सर्पदंश उपचार केन्द्र शुरु गरिएको छ भने चार परिवारका लागि काजकिरिया गर्ने ब्लक पनि तयार भइसकेको गिरीले बताए ।
सहारा नेपाल साकोसको अगुवाइमा झापाका ६८ वटा संस्थाको सामुहिक आयोजनामा भएको समर्पण राष्ट्रिय अभियान अन्तर्गत उक्त भवन निर्माण गरिएको हो । सेवा नै जीवनको धर्म भएकोले कर्मयोग भवन निर्माणको पुनित कार्यमा सहयोग गर्न पाएकोमा सिटौला दम्पतिले खुशी समेत व्यक्त गरेका छन् ।
तस्वीरः कमलप्रसाद पाण्डे(विनोद)

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर