Aamsanchar

विस्फोटक पदार्थ बरामद

Author Image
शुक्रवार, मंसिर ८, २०७४

झापा,

नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रबहादुर बस्नेतका अनुसार वुद्धशान्ति गाउँपालिका– २ स्थित लकान्द्रीको घरमा छापा मार्दा तार जोडिएको अवस्थामा एक थान र बारुद भरिएको अवस्थामा चार थान डेटोनेटर बरामद गरिएको थियो ।

लकान्द्रीसँगै सो समूहका नौ जना यसअघि नै पक्राउ परेका र उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर