Aamsanchar

‘खेती हटाएपछि’ उत्कृष्ट

Author Image
सोमवार, मंसिर ११, २०७४

बिर्तामोड।

वीरता लेडी जेसीजको आयोजनामा शनिवार कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा गार्गी वाङ्गमय प्रतिष्ठान कालीस्थानका अध्यक्ष तथा साहित्यकार रोहिणीविलास लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष सरु खनालले स्वागत गरेकी थिइन् ।

कार्यक्रम संयोजक तथा संयुक्त सचिव बिमला भट्टराईले आस्था वाचन गरेको कार्यक्रममा नेपाल जेसीजका महासचिव भरत प्रसाईं, साहित्यकार तेजराज खतिवडा, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना सिटौला, पार्वता बिमलीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापा, इलाम र मोरङका गरी २५ जनाले कविता वाचन गरेका थिए । कार्यक्रममा नुरज भट्टराई नदी प्रथम भए । उनले खेती हटाएपछि शीर्षकको कविता प्रस्तुत गरेका थिए । पुष्करनाथ उपाध्याय द्वितीय र पर्शुराम तिम्सिना तृतीय भएका थिए । विजेता प्रथमलाई नगद २ हजार १ सय ५, द्वितीयलाई १ हजार ५ सय पाँच र तृतीयलाई एक हजार पाँचसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगिताका निर्णायकहरुमा पत्रकार तथा साहित्यकार लक्ष्मण ढकाल, प्रगतिशील लेखक संघकी केन्द्रीय सदस्य मिश्र वैजयन्ती र साहित्यकार बिनोद खनाल रहेका थिए ।

कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्ष विनोद बस्नेत, प्रशान्त भण्डारी, राजेन्द्र चम्लागाँई, युवराज दाहाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव गोमा भट्टराईले गरेकी थिइन् ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर