विनोद पाण्डे
चारपाने, मंसिर १२। विश्वमा सुचना प्रविधिले द्रुत गतिमा विकासको फड्को मारिरहेको छ । सुचना भन्ने वित्तिकै टेलिफोन, मोवाईल फोन र ईन्टरनेट लाई बुझिन्छ र आजको अवस्थामा नभई नहुने अति आवसेक साधन समेत बनेको छ । राष्ट्रिय एकताको सुदृढीकरण तथा सन्तुलित आर्थिक विकासको निमित्त आवश्यक पूर्वाधार तयार गर्नुका साथै उपलब्ध दूरसञ्चार सेवा सर्वसाधारणमा सरल, सुगम एवं सुपथरूपमा अधिराज्यका दुर्गम स्थानमा समेत उपलब्ध गराउने उद्देश्य लिई सञ्चार संस्थान ऐन, २०२८ मा छ
नेपालमा सरकारले ल्याण्डलाईन फोन मार्फत देशका नागरिकलाई सञ्चरमा प्रत्यक्ष सेवा पुराउन नसकेरहेको अवस्थामा प्रविधिले मारेको फडको संगै सञ्चारमा छिटो र भरपर्दो साधनको रुपमा मोवाईल सेवा विकल्पको रुपमा आएपछी मोवाईल फोन सेवालाई उच्च प्रार्थमितामा राखेर देशका विभिन्न सुगम र दुर्घम ठाउ“मा मोवाईल फोन सेवा प्रदान गर्ने सरकारले नितिगत रुपमा भनेको छ ।
तर सरकारी स्तरवाट गरिएको फोनसेवा अझपनी भरपर्दो बन्न सकेको छैन । राष्ट्रको संचार भन्ने नाराका साथ नेपाल टेलिमकले जिम्मा लिएको मोवाईल सेवा र इन्टरनेट सेवा अत्यन्तै कमजोर र अस्तव्यस्त व्यवस्थापनमा चलेको धेरै उदाहरण हरु बाहिर आई सकेको पनि छ । नागरिकले टेलिकम समक्ष मोवाईल सेवा प्रभावकारी बनाईदिन टेलिकममा धेरै अनुरोध पत्र पुर्याउने गरेका पनि छन ।
अहिलेको प्रतिष्पर्दाको समयमा नेपाल टेलिकमले सेवाग्राहीलाई सेवा दिन नसकेको हो या नचाहेको भन्ने कुरामा झापाको कनकाई नगरपालिका वडा नं. ८ र अर्जुनधारा नगरपालिका वडा नं. ५ का नागरिक अन्योलमा छन, र धेरै बर्षदेखि नेपाल टेलिकमको मोवाईल सेवा लिनवाट बन्चित छन ।
पूर्व पस्चिम लोक मार्गमा पर्ने तिब्र रुपमा सहरिकरण तर्फ उन्मुख हुदै गरेको लक्ष्मीपुर बजारमा टेलिकमको मोवाईल सेवा छैन भन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ, तर यो समस्या यथार्थ हो । विगतका धरै बर्षदेखि लक्ष्मीपुरमा मोवाईलको नेटवर्क आउदैन वेलावेलामा अन्य क्षेत्रबाट आउने नेटवर्कले काममै गर्दैन भन्छन स्थानियहरु ।
लक्ष्मीपुरवासीले पटक पटक टेलिकमको कार्यालय विर्तामोडमा समस्याको बारेमा जानकारी गराए पछि १८ महिना अघी लक्ष्मीपुरमा टेलिकमले एक घर भाडामा लिएर टावर ठडियाएको छ तर टावर वाट भने नेटवर्क प्रवाह गराएको भने छैन ।
टेलिकमको यस्तो कार्यवाट लक्ष्मीपुर र आसपासका वाससिन्दाहरु दिकदारी व्होरी रहेका छन ।
टेलिकमको हेलचेक्राई प्रति आक्रोसित पनि बन्न थालेका छन । लक्ष्मीपुरको समस्या समाधानको लागि सम्वन्धित निकायको तत्काल ध्यान जान जरुरी छ ।
Views: 163

