युएई ,

युएई झापाली समाज क्षेत्रीय समिति फुजेराको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको एक विशेष भेलाले कांशीनाथ कार्की अध्यक्षतामा ६ सदस्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा गोपाल भण्डारी, सचिवमा बरुण बराल र कोषध्यक्ष युवराज चौलागाई रहेका छन् । त्यस्तै सदस्यहरुमा बलराम भट्टराई, गोविन्द ढुङ्गाना लगायत रहेका छन् । कार्यक्रममा वनभोज तथा साकृतिक कार्यक्रम पनि सम्पन्न भएको हाम्रा सहयोगी शिव मुखियाले जानकारी दिएका छन् ।

काशीनाथ कार्कीको सभापतित्वमा भएको कार्यक्रममा रोहित भण्डारी, रमेश पौडेल, अशोक चापागाई, मात्रिका लुईटेल, पारस लामा, अञ्जना अधिकारी सागर लुईटेल लगायतको आतिथ्य रहेको थियो ।

Views: 138

