Aamsanchar

डाक्टरको यस्तो हर्कत ! नर्ससँग अश्लिल शब्द प्रयोग, अञ्चल अस्पताल घेराउ

Author Image
बुधवार, मंसिर २७, २०७४

झापा,

मेची अञ्चल अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर जयकुमार ठाकुरले आफू मातहतका महिला कर्मचारीमाथि अश्लि शब्द बोलेर दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ ।

बुधवार अपरान्ह अपरेशन थिएटरमा कार्यरत नर्स दिक्षा पौडेललाई काम नगरेको आरोप लगाउँदै अश्लिल शब्द बोलेपछि अस्पतालमा कार्यरत महिला कर्मचारीहरुले डाक्टरमाथि कारवाहीको माग गर्दै अस्पताल  घेराउ गरेका छन्।

दश वर्षदेखि स्त्री रोग विषेशज्ञका रुपमा कार्यरत ठाकुरले विशेष गरी अविवाहित नर्ससँग बोल्दा  अमर्यादित शब्दको प्रयोग गर्ने र लान्छना समेत लगाउने गरेको कर्मचारीहरुको आरोप छ । सोही फाँटमा कार्यरत कमला पाठक भन्छिन्, ‘पटक–पटक डा ठाकुरले अश्लिल शब्दहरु प्रयोग गरेर गाली गरेको  विषयमा प्रशासनलाई अवगत गराएपनि विभिन्न बहानामा डाक्टर ठाकुरको बचाउ गर्ने गरिएको छ ।’

उनीसँग काम गर्ने कर्मचारीहरुसँग अश्लिल बोल्ने भएपछि त्यहाँ नर्सहरु उनीसँग काम गर्न नमान्ने गरेको समेत पाठकले बताइन् ।

यता अस्पताल प्रशासन प्रमुख डाक्टर पिताम्वर ठाकुर भने बुधवारको घटनाका बारेमा आफूलाई जानकारी नभएको बताउँछन् । उनले भने, ‘म बाहिर भएकाले विस्तृत बुझ्न पाएको छैन । तर, केही कुरा सुनेको छु । डाक्टर ठाकुरको गल्ती पाइए प्रशासनिक कारवाही गरिनेछ ।’

यसै गरी अपशब्द वोलेर अपमानित गर्ने डाक्टर ठाकुरलाई उचित कारवाही नभए गाइनो र सर्जिकल फाँटमा काम ठप्प पार्ने कर्मचारीहरुले बताएका छन् ।-स्वास्थ्य खबर पत्रिकाबाट साभार

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर