Aamsanchar

चिठ्ठा प¥र्यो भन्दै फोन आएपछि…

Author Image
बिहिवार, मंसिर २८, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।

बुधबार झापा बिर्तामोडका सन्देश घिमिरे (नाम परिर्वतन) को भाइबरमा फोन आयो हिन्दी भाषाबाट ५० लाखको चिठ्ठा परेको भन्दै उसले भन्यो तपाईको नाममा चिठ्ठा परेको छ । एक साता भित्र तपाईले दुई लाख रुपैंया जम्ममा गर्नुपर्ने हुन्छ । उनले हतार हतार पैसा खोज्न थालिसकेका थिए तर साथीहरुले उनलाई यो ठगी गर्ने गिरोहले यस्तो काण्ड मच्चाएको बताएपछि उनले आफू ठगीनबाट जोगिएको बताए ।

यस्ता नम्बर समेत नदेखिने कलहरुबाट अधिकांश नेपालीलाई चिठ्ठा परेको भन्दै ठगी गर्ने क्रम बढ्दै गएको छ । झापामा सामाजिक सञ्जाल फेसबुक, म्यासेन्सजर, भाइबर, इमो लगायतमा चिठ्ठा परेको भन्दै एसएमएस तथा फोन नै आउने गरेको पाइएको छ । भाइबरमा चिठ्ठा भारतमा परेको र काठमाण्डौंमा कल गर्ने ब्यक्ति रहेको र नयाँदिल्लीमा रकम लिन जानुपर्ने तथा सो भन्दा अघि दुई लाख रुपैंया अग्रिम रुपमा कर स्वरुप बुझाउनु पर्ने खालको कुरा गरेर गठी गर्ने गरिएको पाइएको छ ।

त्यस्तै बिर्तामोडकै रमा रिजाल (नाम परिर्वतन) केही दिन अघि मात्रै भाइबरमा २५ लाख रुपैयाँ परेको सन्देश आयो । लेखिएको थियो, ‘हेल्लो ! कस्टमर केयर से बात कर रहाँ हुँ, आपके नम्बर पर लटरी लगा हे, २५ लाख के ।’

उनी आश्चर्यमा परिन्, भाइबरमा कुनै व्यक्तिको नम्बरबाट ५० लाख रुपैयाँको चिठ्ठा परेको म्यासेज आएपछि । तर, उनले सामाजिक सञ्जालमा यसरी विभिन्न व्यक्तिले ठगी गर्ने गरेको खबर पढेकाले उनले कुनै प्रतिक्रिया नदिएको बताइन् । त्यसैले उनले त्यो म्यासेजको कुनै जवाफ फर्काएनन् ।

पछिल्लो समय सामाजिक सञ्जालहरु मार्फत् चिठ्ठा परेको बताउँदै ठगी गर्ने क्रम बढेको छ । प्रायः विदेशी व्यक्ति र विभिन्न देशका नम्बरबाट आउने सन्देशमा पहिले चिठ्ठा परेको बताइन्छ । त्यसपछि उक्त रकम प्राप्त गर्न पहिले निश्चित रकम पठाउन लगाइन्छ । त्यो रकम पठाएपछि चिठ्ठा परेको सूचना दिने प्रयोगकर्ता आफैं सम्पर्कबाहिर जाने गरेका घटनाहरु बढ्दै गएको बताइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले हालसम्म कुनै पनि उजुरी दर्ता नभएको बताएका छन् । उनले केही गुनासो आएपनि ठगीएकै हो भनेर कसैले पनि उजुरी दर्ता नगराएको उल्लेख गरेका छन् । उनले नम्बर नदेखिने गरेका फोनहरु नउठाउन तथा कुनै पनि चिठ्ठाको प्रलोभनमा नपर्न सबैसंग आग्रह समेत गरेका छन् । उता केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले चिठ्ठा परेको नक्कली सन्देश सर्वसाधारणलाई आउन थालेपछि सचेतनाका लागि एक सन्देश नै जारी गरेको छ । सन्देशमा भनिएको छ, ‘विदेशी नम्बर र म्यासेन्जरबाट त्यस्तो प्रकृतिको सन्देश आए नजिकको प्रहरी कार्यालय वा अपराध अनुसन्धान महाशाखामा उजुरी दिनु हुन अनुरोध गरिन्छ ।’

टेलिकमले सन्देश नै जारी ग¥र्यो

नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।

टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेकोे हो । ‘चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो,’ ।

विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंकमा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

झापामा फ्रड कलले हैरान

अधिकांशको हात–हातमा मोबाइल फोन रहेको छ । धेरैले इन्टरनेटको पहुँचमा रहेका छन् । सबैले सामाजिक सञ्जाल फेसबुक, भाइबर लगायत खोलेका छन् ।

विशेष गरी युवा युवती सामाजिक सञ्जालमा नजोडिने कुरै भएन । त्यसै कारणपनि पछिल्लो समय झापाका धेरै यस्ता फेक कलबाट हैरान भएका गुनासो बढ्न थालेको छ । तर प्रहरीले भने कुनै उजुरी नै दर्ता नभएको जनाउने गरेको छ ।

धेरैले यस्ता फेक कललाई वास्ता नगरेका कारणपनि कसैले डगीएको भन्दै जाहेरी नगराएको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाई छ । उनले नम्बर पनि नदेखिने भएकाले यस्ता कल आएमा नउठाउन उनले आग्रह समेत गरेका छन् ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर