(नरेन्द्र ढकाल)
बिर्तामोड ।
यातायात ब्यवसायीको असहयोगका कारण झापामा हर्न निषेध अभियान असफल भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रदेश नम्बर–१ का १४ जिल्लामा हर्न निषेध गरेपनि यातायात ब्यवसायीको असयोगका कारण झापामा यो अभियान प्रभावकारी रुपमा कार्यान्व्यन गर्न नसकिएको संघीय इकाई प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी प्रमुख पिताम्बर अधिकारीले बताए ।

उनले कुनै पनि नयाँ अभियान सञ्चालन गर्नु आफैंमा चुनौति भएपनि यो अभियानलाई सफलता तफै लैजान सबै मिल्नु पर्ने धारणा ब्यक्त गरेका छन् । उनले आफुहरुले पटक–पटक यातायात ब्यवसायीहरुलाई हर्न नबजाउन आग्रह गरेपनि अटेर गरेको बताए ।

गत असोज १ गतेबाट पूर्वका जिल्लाहरुमा हर्न निषेध गरिएपनि ब्यवसायीहरुले सहयोग नगर्दा यो अभियान असफलता तर्फ उन्मुख भएको स्वयम प्रहरी अधिकारीहरुले स्वीकार गरेका छन् । यो अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउन सबै पक्षको सहयोगको आवश्यकता परेको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताएका छन् ।
अभियान सुरु हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन लगत्तै कारबार्हीमा उत्रिएको थियो । तीन महिनाको अवधिमा १७५२ वटा सवारी कारबार्हीमा परेको जनाइएको छ । उक्त संख्याका सवारीलाई कारबार्ही गर्दा ८ लाख ३६ हजार बढी राजश्व संकलन गर्न ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिए ।

यसैबीच यातायात ब्यवसायीहरुले भने आफुहरुले असहयोग नगरेको बताएका छन् । नेपाल राष्ट्रिय यातायात महासंघ मेचीका संयोजक राजेन्द्र रिजालले हर्न निषेध अभियान नै अब्यवहारिक भएको बताएका छन् । पूर्वाधारको तयार नै नगरि सरकारले जर्बजस्ती रुपमा नियम बनाएर लागू गर्न खोज्नु नै सफलता तर्फ जानुभएको उल्लेख गरेका छन् ।
उनले आफुहरुले यो अभियान लागु हुन नसक्ने भनेर ज्ञापन पत्र समेत बुझाईसकेको बताएका छन् । राजधानीमा नै लागु हुन नसकेको हर्न निषेध अभियान झापा सहितका पूर्वका जिल्लामा लागू नहुने उनले दाबी समेत गरेका छन् । उनले सडकको अवस्थाका साथै पैदलयात्रीलाई यात्राका लागी छुट्टै बाटो, आकस्मिक सवारीलाई छुट्टै सडक तथा चौपायलाई पनि छुट्टै स्थानको ब्यवस्था गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।
त्यस्तै मेची यातायात संघ बिर्तामोडका सभापति राजेन्द्र बस्नेतले आफुहरुmे असहयोग नगरेको दाबी गरेका छन् । ब्यवसायीसंग छलफल नै नगरेका कारण झापामा यो अभियान प्रभावकारी बन्न नसकेको बस्नेतले बताएका छन् । उनले यो अभियानलाई सफल बनाउनका लागी निश्चित एरिया तोक्नु पर्ने धारणा ब्यक्त गरेका छन् । उनले यो अभियान पहाडका जिल्लामा लागू हुनै नसक्ने विचार ब्यक्त गरेका छन् । उता मेची बस ब्यवसायीसंघ कांकरभिट्टाका उपाध्यक्ष दिपक तामाङले ट्राफिक प्रहरीले यातायात ब्यवसायीका साथै मजदुर र चालकहरुसंग सामुहिक छलफल गरेर सचेतना जगाउनु पर्ने बताएका छन् ।
उनले अभियान सकारात्मक भएपनि आफुहरुले यसलाई सहयोग गर्न बाध्य हुनुपर्ने अवस्था नरहेको धारणा ब्यक्त गरेका छन् । कनकाई यातायात संघका सभापति कुलप्रसाद ओडारीले राज्यको नीतिलाई असहयोग गर्न नसकिने धारणा ब्यक्त गरेका छन् । उनले झापामा हर्न निषेध अभियान चलेपनि चालकसंगको समन्व्य नहुदा लागु हुन नसकेको स्वीकार गरेका छन् । उनले सबै पक्षसंग छलफल गरेर लागू गर्नुपर्ने विचार ब्यक्त गरेका छन् ।
पूर्वाञ्चल यातायात ब्यवसायीसंघका परमानन्द घिमिरेले निश्चित क्षेत्रमा मात्र हर्न निषेध गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् । उनले विद्यालय, अस्पताल लगायतका स्थानमा हर्न निषेध गर्न सकिए पनि अन्य स्थानमा भने हर्न आवश्यक पर्ने विचार ब्यक्त गरेका छन् ।
त्यस्तै हिमाल यातायात संघका अमरसिंह थापाले ब्यवसायीले सहयोग गर्नका लागी ट्राफिक प्रहरी कार्यालयले सबै पक्षसंग छलफल गर्नु पर्ने धारणा ब्यक्त गरेका छन् । उनले सबै यातायात ब्यवसायी, मजदुर र चाकलको सामुहिक प्रयासबाट मात्रै यो अभियान सफल हुन सक्ने धारणा ब्यक्त गरेका छन् ।
उता संघीय इकाई प्रहरी कार्यालयका प्रमुख अधिकारीले भने आफुहरुले राज्यको नियम र कानुनलाई पालना गर्नु पर्ने भएकाले त्यसलाई पूर्व रुपमा कार्यान्व्य गर्नुपर्ने विचार ब्यक्त गरेका छन् । उनले हर्न निषेध अभियानलाई कडाईका साथ पालना गर्ने विषयमा सबै पक्षसंग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कुन महिना कति सवारी कारबार्हीमा ?
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले पूर्वका १४ जिल्लामा हर्न निषेध अभियान सञ्चालन गरे लगत्तै सचेतनाका साथ कारबार्हीमा उत्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले असोज महिनामा २८५ ठूला सवारी, ३ सय २ वटा साना तथा टेम्पो लगायतका अन्य १९३ वटा सवारीलाई कारबार्ही गर्दा ३ लाख ९० हजार रुपैंया राजश्व उठाएको थियो । त्यस्तै असोज महिनामा १८९ ठूला सवारी, ३ सय १ वटा साना तथा ८६ वटा अन्य सवारी कारबार्हीमा परेको प्रहरी निरीक्षक राईले बताए ।
यता मंसीर महिना ३९६ वटा सवारी कारबार्हीमा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एक सय दुई ठूला सवारी, २७२ साना तथा २२ वटा अन्य सवारीलाई कारबार्ही गरिएको राईले बताए । क्रमश कारबार्ही संख्या घट्दै गएकाले हर्न निषेध अभियान पालना हुने क्रममा रहेको बताए ।
दुर्घटना घटेन
हर्न निषेध गरेपछि चालकले विस्तारै सवारी सञ्चालन गर्ने र सवारी दुर्घटनामा न्यूनीकरण हुने अपेक्षा गरेपनि झापा सहित पूर्वका जिल्लाहरुमा दुर्घटनाको संख्यामा कमी आउन नसकेको पाइएको छ ।
ट्राफिक प्रहरी र्काालयले यो अभियान दुर्त गतिमा सञ्चालन गरेपनि शुक्रबार मात्रै झापामा चार जनाको सवारी दुर्घटनामामा मृत्यु भएको छ ।

