काठमाडौं :

विवेकशील साझा पार्टीले प्रदेश नम्बर ३ को प्रदेशसभा सदस्यमा जितेको ३ सिटका लागि नाम सिफारिस गरेको छ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम प्रदेश सांसद नियुक्तिका लागि सिफारिस गरेको विवेकशील साझाले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ।

‘पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचन ऐन, २०७४ अन्तर्गत निर्वाचन आयोगले तोकेको मापदण्डअनुरुप रही समानुपातिकतर्फ प्रदेश नं ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा तीन जना सदस्य पठाउने निर्णय गरेको छ ,’ विज्ञप्तिमा भनिएको छ।

प्रदेश ३ मा विवेकशील साझाले समानुपातिकतर्फ १ लाख २४ हजार ४ सय ४२ मत प्राप्त गरेको थियो।
Views: 131

