Aamsanchar

झापामा एक हजार १५ हात्तीपाइले रोगी

Author Image
शुक्रवार, फागुन ११, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।

झापामा एक हजार १५ जना हात्तीपाईले रोगीका विरामी रहेको तथ्याङ्क सार्वजानिक भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिशिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त तथ्याङ्क सार्वजानिक भएको हो ।

प्रति वर्ष डेढ करोड रुपैंया खर्च हुने गरेको जनस्वास्थय कार्यालयका निमित्त प्रमुख देवराज कार्कीले जानकारी दिए । झापामा शहरी क्षेत्रका मानिसले औषधी सेवन नगरेको कार्कीको भनाई छ । राज्यले करोडौं रुपैंया खर्च गरेर औषधी खुवाउने कार्यक्रम सञ्चालन गरेपनि नागरिकले चासो नदिदाँ समस्या भएको चिकित्सकहरुको भनाई छ ।

सन् २०२० सम्ममा नेपालबाट हात्तीपाईले रोग विश्वबाटै उँमुलन गर्ने लक्ष्यका साथ सरकारले यो अभियान सुरु गरेको हो । झापामा हालसम्म छैठौं पटकसम्म औषधी खुवाइसकेको र यो सातौं चरण अन्र्तगतको कार्यक्रम भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेन्टरकन्ट्रोलर अधिकृत वेदप्रकाश घिमिरेले जानकारी दिए । फागुन १२,१३ र १४ गते सम्म सञ्चालन हुने अभियानमा सात लाख ४६ हजार ४ सय ५३ जनालाई औषधी सेवन गराइने लक्ष्य लिइएको जनाइएको छ ।

फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । ४ जिल्लामा औषधि खुवाउन लागिएको बताइएको छ । त्यसका लागि ३८ करोड ३५ लाख २१ हजार रुपैयाँ रकम छुट्याएको छ । मसिनो धागो आकारको जुकाजस्तै परजीवीले संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने भन्दै मेची अञ्चल अस्पतालका डाक्टर गोविन्द कंडेलले हात्तीपाइले रोगको जोखिमबाट बच्न वर्षको एकपटक औषधि खुवाउने जानकारी दिएको छ । दुई वर्ष नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीहरु, क्यान्सर, मुटुरोगी, कलेजोरोगी, मिर्गौला र दीर्घरोगीहरुले भने यस्तो औषधि सेवन गर्न नहुने डा. कंडेलको भनाई छ ।

हात्तीपाइलेको औषधि खाली पेटमा पनि खान नहुने चिकित्सकहरुले बताएका छन् । यो औषधि सेवनपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने समस्या हुनसक्ने पनि चिकित्सकहरुले बताएका छन् ।

यदि, औषधि सेवनपश्चात् लामो समयसम्म यस्तो समस्या आएमा भने चिकित्सकको सम्पर्कमा जान पनि उनीहरुले आग्रह गरेका छन् । सन् २०२० सम्ममा विश्वभरि नै हात्तीपाइले रोगविरुद्धको औषधि खुवाएर हात्तीपाइले रोग हटाउने योजना बनाइएको छ ।

सिमावर्ती क्षेत्र जोखिममा–

झापाका दक्षिणी क्षेत्र हात्तीपाइले रोगको जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टरकेन्ट्रोल अधिकृत जीवन चौलागाईले जानकारी दिए । उनका अनुसार झापाका बनीयानी, झापा गाँउपालिका, गौरिगञ्ज गाँउपालिका, महाभारा लगायतका स्थानमा हात्तीपाइले रोगको जोखिम बढी देखिएको छ ।

भारतसंग जोडिएको क्षेत्र तथा खुल्ला सिमानाका कारण सिमावर्ती क्षेत्रका मानिसलाई भारत आवतजावत गर्दा संक्रमित ब्यक्तिलाई टोकेको लम्खुट्टेले टेक्ने भएकाले यो रोगको जोखिम त्यस क्षेत्रमा धेरै रहेको चौलागाईको भनाई छ ।

औषधी खानेको संख्या बढ्दै–

जिल्ला जनस्वास्थ्य कार्यालयले सचेतना मुलक कार्यक्रम गरेसंगै वर्षेनी औषधी सेवन गर्नेको संख्यामा वृद्धि हुदै गएको जनस्वास्थ्य अधिकृत ब्रजेश मेहताले जानकारी दिए । झापामा आर्थिक वर्ष २०७१,७२ मा ६० प्रतिशत,आर्थिक वर्ष २०७२,७३ मा ७३.२ प्रतिशत र गत आर्थिक वर्ष २०७३,७४ मा ८२ प्रतिशतले औषधी सृवन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पछिल्लो समय झापामा औषधी सेवन गर्नु पर्ने प्रति स्थानीयबासी सचेत बन्दै गएकाले औषधी खानेको संख्यामा वृद्धि भएको बताइएको छ । कम्तिमा ६ पटकसम्म औषधी सेवन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

एक लाख बढीले औषधी सेवन नगर्ने–

झापामा ८ लाख ९५ हजार ४१९ जनसंख्या रहेकोमा एक लाख ४८ हजार ९६६ जनाले औषधी सेवन गर्नुनपर्ने जनाइएको छ । दुई वर्ष मुनीका बालकालीका तथा ७० वर्षमाथि उमेर समुहका मानिसलाई औषधी सेवन नगराइने तथा सुत्केरी, दिर्घरोगी लगायतका ब्यक्तिलाई यो औषधी सेवन गर्न नहुने जनस्वास्थ्य अधिकृत चौलागाईले बताए ।

एनका अनुसार औषधी सेवन गराउन ४५० जना स्वास्थ्यकर्मी, तीन हजार ७८६ जना स्वास्थ्य स्वयमसेवीका तथा स्वयमसेवन परिचालन हुने छन् । उनीहरुले ७ लाख ४६ हजार ४५३ जनालाई औषधी सेवन गराउने जनाइएको छ ।

शिक्षितले नै खादैनन् औषधी–

झापामा ग्रामिण क्षेत्रभन्दा शहरी क्षेत्रका शिक्षित ब्यक्तिहरुले नै औषधी खान नमान्ने गरेको जिल्लन जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनघनत्व धेरै भएका शहरहरु कांकरभिट्टा, धुलाबारी, बिर्तामोड, भद्रपुर, दमक लगायतका स्थानमा धेरैले औषधी सेवन गरेको जिल्लन जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कार्कीले बताएका छन् ।

औषधी सेवन गर्नु पर्ने ज्ञान भएपनि उनीहरुले नै अटेर गरेका कारण अभियानलाई सफल बनाउन नसकिएको कार्कीको भनाई छ ।

प्रतिहजार १० जनामा रोग फेला–

झापामा एक हजार ब्यक्तिको स्वास्थ्य परिक्षण गर्दा १० जना ब्यक्तिमा हात्तीपाइले रोगको संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालले तथ्याङ्क सार्वजानिक भएको छ । औषधी सेवन गर्नु अघिसम्म प्रतिशजार २४ जनामा यो रोग फेला परेपनि छैठौं चरणसम्म आइपुग्दा प्रतिहजार १० जनामा यो रोगको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

यसलाई प्रतिहजार एक सम्म पु¥याउने यद्धेश्यका साथ औषधी खुवाउने कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर