Aamsanchar

अन्तराष्ट्रिय झापाली समाजले बाढीबाट विस्थापितलाई झापामा घर बनाउने

Author Image
बुधवार, फागुन २३, २०७४

[भरत शिवाकोटी]

झापा,

प्रवासमा रहेका झापालीहरुको सामाजिक संस्था अन्तराष्ट्रिय झापाली समाजले झापाको कमल गाउँपालिका वडा न. १ मा बाढीबाट विस्थापितलाई ९ ओटा पक्की घर निर्माण गर्ने भएको छ।

करिब ४० लाख लगानीमा उक्त घरहरुको निर्माण गर्न लागिएको अन्तराष्ट्रिय झापाली समाजका महासचिव रोहित भण्डारीले बताएका छन् । गएको वर्खायाममा समाजले झापाका बिभिन्न स्थानमा पुगेर बाढीबाट प्रभावित पिडितहरुलाई जिल्ला प्रशासन कार्यलय झापाको रोहबर र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सहकार्यमा तीन चरणमा राहत बितरण गरेको थियो ।

उक्त समयमा उदघोस गरीए अनुसारै आवास निमार्णको काम शुरु गर्न लागिएको समाजका अध्यक्ष दिनेश पोख्रेलले जानकारी दिएका छन । अन्तराष्ट्रिय झापाली समाजमा संलग्न देशहरुमा अस्ट्रेलिया, कोरिया, युएई, इजरायल, कुवेत, जापान, कतार, हङकङ, बेल्जियम, अमेरिका, बहराइन, लक्जेम्बर, नेदरल्यान्ड, जर्मनी, साइप्रस, इङ्ल्यान्ड, क्यानडा र मलेसिया रहेका छन । उक्त आवास निर्माणका निमित्त अन्तराष्ट्रिय झापाली समाजको बैठकले भवन निर्माण समितिको गठन गरि सम्पुर्ण काम अगाडि बढाउन झापामा १५ सदस्य समिती समेत चयन गरेको छ |

उक्त समितिको गत सोमबार झापाको सुरुङ्गामा बसेको बैठकले कार्यविभाजन गर्दै प्रकाश प्रसाई लाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा लक्ष्मी सुब्बा, सचिवमा केशव श्रेष्ठ, सह-सचिबमा भरत शिवाकोटी र कोषाध्यक्षमा ललितचन्द्र बजगाँई लाई चयन गरिएको छ भने सदस्यहरुमा क्रमश शिवकुमार मेन्याङबो, मिनप्रकाश उप्रेती, चैतन्य मैनाली, लेखनाथ खतिवडा, भोला थापा, काशी लामा, शुशिलकुमार मैनाली, फुलकुमार धमला र प्रदिप कुमार संग्रौला रहेका छन ।

घर निर्माण बाट बाढीबाट विस्थापित भएका कमल गाउँपालिकाका नौ परिवारले प्रत्यक्ष लाभ उठाउन सक्ने अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले बताएका छन । झापामा सम्पन्न बैठकले स्थापित हुने पिडित परिवार,कमल गाउँपालिका,स्थानीय नहर समिती र सरोकारवाला सँग तुरुन्तै बैठक बसेर भविष्यमा जग्गा तथा घर बेचबिखन गर्न नपाउने मन्जुरी गराउदै सबै प्रकृया पूरा गरेर काम सुरु गरिने निर्माण समितिले जनाएको छ । समितिले आगामी बर्खायाम शुरु हुनु पुर्व नै बाढी पीडितहरुलाई घर निर्माण गरि हस्तान्तरण गर्ने लक्ष्य राखेको छ ।

वैदेशिक रोजगारको क्रममा विश्वका विभिन्न मुलुकमा पुगेका झापालीहरूले आर्थिक सहयोग सङ्कलन गरेको रकमबाट घर निर्माण गर्न लागिएको हो । कुल तीन कट्ठा क्षेत्रफल रहेको जग्गामा निर्माण हुने नौ वटा घरको प्रतिघर लागत झन्डै ४ लाख अनुमान गरिएको छ | घर निर्माणका लागि स्थानीय गाउँपालिका,जनप्रतिनिधिहरु तथा सामाजिक व्याक्तित्वहरु लगायत समेतको सहयोगमा जग्गा उपलब्ध गराउने लगायतको तयारीको कामहरु यस अघि नै लगभग सम्पन्न भएको जानकारी समितीका सचिव केसब श्रेष्ठले जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर