काभ्रे ।
काभ्रेमा एक प्रहरी जवानले आफ्नै खुट्टामा गोली हानेका छन् । श्यामपाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान जगत बैठाले शनिबार बिहान आफ्नो खुट्टाको तिघ्रा गोली हानेका हुन् ।
बैठाको जिल्ला अस्पताल धुलिखेलमा उपचार भइरहेको डिएसपी नविन कुमार राईले जानकारी दिनुभयो ।
बैठाले घरायसी विवादका कारण खुट्टामा गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167