Aamsanchar

जेबी टुहुरेले संसद्को आफ्नै भवन कहिले बन्छ भनेपछि…

Author Image
शनिवार, असार २५, २०७३

काठमाण्डौं ।

samsad

व्यवस्थापिका–संसद्को शनिबारको बैठकको शून्य समयमा सांसद कृपाराम रानाले कञ्चनपुरमा हत्या–हिंसाका घटना बढेको बताए ।
सांसद कृष्णभक्त पोखरेलले सुकुम्बासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड दिए । सांसद गणेशसिंह ठगुन्नाले तिङ्कर नाका सञ्चालन गर्न सरकारसँग माग गरे । सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङ जिल्ला अस्पतालको स्तरोन्नतिका निम्ति ध्यानाकर्षण गराए ।

सांसद गौरीशङ्कर चौधरीले मुक्तकमैयाको पुनःस्थापना पूर्णरुपमा नभएको र पुनःस्थापना भएकाले पनि जग्गाधनी प्रमाणपत्र नपाएको गुनासो गरे । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा सार्वजनिक बिदाका दिन पनि कर्मचारीको व्यवस्था हुनुपर्ने माग गरे ।

सांसद जमिन्द्रमान घलेले शून्य समय र विशेष समयमा उठाइएका विषय राज्यबाट सम्बोधन हुने व्यवस्थाका लागि सभामुखबाट विशेष प्रयास हुनुपर्नेमा जोड दिए । सांसद चूडामणि विकले पोखराका जनताले स्वच्छ पेयजल नपाएकाले ध्यान दिइनुपर्ने बताए ।

सांसद जेबी टुहुरेले संसद्को आफ्नै भवन कहिले निर्माण हुन्छ त्यसको जवाफ तत्काल राज्यले दिनुपर्ने माग गरे । सांसद टीकाराम चेम्जोङले धनकुटा जिल्ला अस्पतालको स्तरवृद्धि नहुँदा धनकुटावासीले सहज रुपमा स्वास्थ्यसेवा प्राप्त गर्न नसकेको बताए ।

सांसद डिल्ली काफ्लेले उमावि शिक्षालाई निःशुल्क गर्न माग गरे । सांसद तुलसा रानाले बिजुलीको महसुल बढाएर जनताको ढाड सेक्न नपाइने बताए ।
त्यसअघि बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर आन्दोलनरत मधेसी दलका तर्फबाट सांसद उषा यादवले वार्ताको वातावरण बनाउने चेष्टा सरकारबाट नभएको आरोप लगाउँदै संविधान पुनःलेखनको माग गरे ।

सङ्घीय गठबन्धनका २६ बुँदे माग पूरा नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिँदै उनले शनिबारको बैठकको कारबाही गठबन्धन सम्बद्ध आठ दलले बहिष्कार गर्ने घोषणा गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर