Aamsanchar

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतीले अनुमोदन

Author Image
आइतवार, असार २६, २०७३

काठमाण्डौं ।

susilakarki5

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशिला कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ । सिहंदरबारमा आज बसेको समितिको बैठकले कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।

समितिमा कार्की विरुद्ध ६ वटा उजुरी परेका थिए । कार्कीले आफु माथि परेको उजुरीको जवाफ दिनु भएको थियो । कार्की नेपालको न्यायलयको इतिहासमा पहिलो प्रधानन्यायधीश बन्नु भएको छ ।

सो अबसरमा उहाँले अदालतमा मुद्दाको चाप अत्यधिक रहेको भन्दै ११ जना न्यायाधीशको सुनुवाई प्रक्रिया छिटो सुरु गर्न आग्रह गनुर्भयो । समितिले अनुमोदन गरेको पत्र संवैधानिक परिषदमा पठाउने व्यवस्था छ । त्यसपछि परिषदले बोधार्थ राष्ट्रपति कार्यालयमा पठाएर राष्ट्रपतिबाट शपथ गराउने व्यस्था छ ।

यसअघि समितिको शुक्रबारको बैठकले प्रमुख निर्वाचन आयुक्तमा अयोधिप्रसाद यादवलाई सर्वसम्मत अनुमोदन गरेको थियो । सर्वोच्च अदालतका ११ न्यायाधीश र २२ मुलुकका लागि सिफारिस राजदूतको सुनुवाई भने क्रमश: गर्दै जाने समितिको तयारी छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर