Aamsanchar

होटलमा युवतीको लास ,युवक फरार

Author Image
सोमवार, असार २७, २०७३

चितवन ।

नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन् ।

वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार, भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएकी हुन् । प्रहरीलाई खबर भएपछि राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । होटलमा सँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको प्रहरीले जनाएको छ । युवतीको हत्या गरी युवक फरार भएको अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर