झापा ।

झापाको हल्दिवारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको आज करेन्ट लागेर मृत्यु भएको छ ।
जंगली हात्ती भगाउन घर वरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घर नजिकै विहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Views: 113


