Aamsanchar

झापा अदालतमा एकै वर्ष ३७४८ मुद्दा

Author Image
शुक्रवार, असार ३१, २०७३

jhapa adalat

भद्रपुर ।

जिल्ला अदालत झापाले चालु आवमा एक हजार ९७९ थान मुद्दा फछ्र्योट गरेको जनाएको छ ।

जिल्ला अदालत झापाको सभाहलमा बिहीबार सञ्चारकर्मीको सक्षात्कार कार्यक्रममा अदालतका श्रेस्तादार नवराज आचार्यले सो जानकारी दिनुभएको हो ।

यसैगरी, देवानीतर्फ ३६० थान मुद्दामा २१५ थान मुद्दा फछ्र्योट भएका छन् । अदालतले सो अवधिमा दुई हजार ६४३ थान मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो ।

जिल्ला अदालतले फौजदारी मुद्दातर्फ छ हजार ६६९ वर्ष आठ महिना सात दिन कैदान भुक्तानअन्तर्गत एक हजार ७७६ वर्ष ११ महिना २९ दिन कैदान भुक्तान गरेको छ भने जरिवानातर्फ सोही अवधिमा रु दुई करोड ५२ लाखभन्दा बढी राजस्व असुलउपर गरेको बताइएको छ ।

सो अवसरमा न्यायाधीश सुदर्शन पाण्डेले आम नागरिकलाई सेवा दिन अदालतभित्र धेरै सुधारका काम भएको र यसबाट सेवाग्राही पूर्णरुपमा लाभान्वित हुने बताउनुभयो ।

कैद तोकिएको र जरिवाना लागेका मानिसले अदालतले निर्धारित गरेको समयावधिमा स्वस्फूर्त हाजिर भएमा कैद र जरिवानामा छुट पाउने भएकाले यसतर्फ सम्बन्धित मानिसको ध्यान जानुपर्ने करामा न्यायाधीश पाण्डेले जोड दिनुभयो ।

यसैगरी, अदालतमा कारबाहीको प्रक्रियामा रहेका २८ थान मोटरसाइकल लिलामबाट रु १४ लाख ४३ हजार १५५, ४५ थान साइकल लिलामबाट रु १० हजार आम्दानी भएको र जफत भारु सात लाख ११ हजार ५०० सदर गरिएको अदालतका श्रेस्तादार आचार्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

गएको माघ महिनादेखि तीन थप इजलास गरी छवटा इजलास स्थापना गरेको अदालतमा सरदर दिनको पाँचथान मुद्दा फैसला हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2504

प्रतिक्रिया (०)

सम्बन्धित खबर