Aamsanchar

निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

Author Image
शनिवार, साउन १, २०७३

pul

ताप्लेजुङ ।

गएरातिको वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको दोभानमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ ।

राति करिब २ बजे आएको बाढीले निर्माणाधीन उक्त पुल बगाएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

सम्झौता भएको झन्डै छ वर्ष पछि यस वर्षबाट मात्रै निर्माण कार्यले गति लिएको पुल बगाउँदा करिब रु १० करोड बराबरको क्षति भएको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । गत फागुनसम्म निर्माण कार्य भइरहेको भए पनि नदीमा पानीको सतह बढेसँगै गत वैशाखदेखि निर्माण कार्य स्थगित भएको थियो ।

यसैबीच गत शनिबार राति पहिरोका कारण सावादिन र फुरुम्बुबीचमा तमोर नदी थुनिएर बनेको ताल फुटेर बाढी आएको स्थानीयले अनुमान गरे पनि सो ताल भने नफुटेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

शुक्रबार साँझ परेको वर्षा पछि नदीमा आएको बाढीले ताल बढेर फुरुम्बुतर्फको भाग कटान गर्दै नदी बगिरहेको स्थानीयले बताएका छन् । केही दिन एक अध्ययन टोलीले ताल तत्काल फुटेर खतरा नहुने जनाए पनि बाढी आएको अवस्थामा ताल फट्ने भन्दै स्थानीय अझै पनि त्रासमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर