Aamsanchar

कालोपत्रे गरिएको एक महिनामै खाल्टाखुल्टी

Author Image
आइतवार, साउन २, २०७३

kalopatre

काठमाडौँ ।

सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११÷११ मि विस्तार गरी कालोपत्रे गरिएको एक महिनापछि सडकका ठाउँ ठाउँमा खाल्टाखुल्टी भएको स्थानीयवासीको गुनासो छ ।

निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक बनाउनेबित्तिकै भत्किएको स्थानीयवासी राममणि न्यौपानेले बताउनुभयो । “रु आठ करोड ५९ लाखको लागतमा कालोपत्रे गरिएको दुई किमी सडकमा सवारी चलाउनै मुस्किल हुने गरी खाल्टाखुल्टी भएको छ, सडक बिग्रिएको गुनासो गर्न जाँदा आयोजनाले ठेकेदारको प्रतिनिधि जस्तो गरी उसकै पक्षमा वकालत ग¥यो, यसैबाट स्पष्ट हुन्छ के कारण गुणस्तरीय सडक बनेन”–उहाँले भन्नुभयो ।

यो सडकको निर्माण ‘लामा बिल्डर्स, बिरुवा च्याङ्मिला जेभी’ले गरेको आयोजना प्रमुख मनोज श्रेष्ठले राससलाई जानकारी दिनुभयो । “सडकको केन्द्रमा बर्खे भेल कटाउन राखिएको ढलका कारण सडकमा खाल्टाखुल्टी भएछ, ढुङ्गेधारामा फोहर फालेकाले मूलको पानी सेतो पुलका दुवै भागमा गएर बिग्रिएछ”–उहाँले भन्नुभयो ।

साउने झरीमा खाल्टाखुल्टी भएको सडक मर्मत गराइरहनुभएका ठेकेदार कंका प्रतिनिधिद्वय बद्री खड्का र तुलसी वाग्लेले सडक गुणस्तरीय नबनाइएकाले एक महिना नपुग्दै भत्किएका विषयमा प्रतिक्रिया माग्दा केही नबोल्ने बताउनुभयो ।

सो विषयमा ठेकेदार कंका कसैले कुनै प्रतिक्रिया नदिने उहाँहरुको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर