Aamsanchar

पहिरोमा फसेकाको उद्धार

Author Image
सोमवार, साउन ३, २०७३

ताप्लेजुङ ।

?????????????

पूर्वी हिमामली जिल्ला ताप्लेजुङमा पहिरोमा फसेका सर्वसाधारणको लामो प्रयास पछि उद्धार गरिएको छ । शनिवार विहानको वर्षापछिको पहिरोले ताप्लेजुङको तापेथोकमा अलपत्र परेकाहरुको उद्धार गरिएको हो ।

 

तापेथोक प्रहरी चौकिका असई प्रदिप राईको नेतृत्वमा गएको प्रहरी र लेलेप र तापेथोकबाट गएका स्थानीयबासिको सकृयतामा लामाटार, जौवारी र हेक्कुलेमा रहेका ७ परिवार मध्ये चार परिवारलाई हिजो साँझ सोत्लिमाको सुरक्षित स्थानमा सारिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

 

तीन परिवार शनिवार दिउसो सरिसकेको उनले बताए । पहिरोमा हराएकी भनिएकी चन्द्रमाया राई भेटिएपनि  मनिता राईको अवस्था भने अज्ञात रहेको पाण्डेले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर