Aamsanchar

ओलीको विरुद्ध माओवादी कसियो

Author Image
सोमवार, साउन ३, २०७३

काठमाण्डौं ।

Prachanda-kp-oli

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्ने विषयमा छलफल थालको छ ।

 

माओवादी केन्द्रले अविश्वासको प्रस्तावका पक्षमा जतिसक्दो धेरै दलका सांसद्को सहयोग लिनका लागि छलफल थालेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेससँग मिलेर संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको माओवादी आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा छ ।

 

त्यही गृहकार्यलाई मूर्त रुप दिन संसदमा प्रतिनिधि गर्ने सबै दलसंग आफ्नो पक्षमा रहन आग्रह गर्ने माओवादीले निर्णय गरेको छ । अध्यक्ष निवास लाजिम्पाटमा बसेको माओवादी बैठकले सबै दललाई समेटेर अविश्वास प्रस्तावको पक्षमा मतदान का लागि आग्रह गर्ने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर