काठमाण्डौं ।
नेकपा एमाले स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।
सरकार परिवर्तनको दलीय प्रयास तिब्र बनेपछि सत्तानेतृत्वकर्ता दल एमालेले स्थायी कमिटिको बैठक बोलाएको हो । एमाले सचिव प्रदिप ज्ञवालीकाअनुसार, बैठक पर्सि बिहीवारबाट संसदमा सुरु हुने सरकार बिरुद्धको अविश्वास प्रस्ताव सम्बन्धमा केन्द्रित हुनेछ ।
अविश्वास प्रस्ताव सामना गर्ने तयारीमा रहेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा तय गर्न बैठक बोलाउनुभएको सचिव ज्ञवालीले बताउनुभयो । आफु बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस र नेकपा माओवादी केन्द्रका नेतृत्वसँग हिजो साँझ छलफल गरेका प्रधानमन्त्री ओलीले दुवै दलको धारणाअनुसार पार्टीको आगामी रणनीति तय गर्न लाग्नु भएको हो ।
वालुवाटारमै भएको तीन शीर्ष नेताबीचको बैठक आ–आफ्नै अडानमा केन्द्रित भएको प्रधानमन्त्रीका सहयोगीहरुले जनाएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145