Aamsanchar

सभामुख घर्तीले थालिन् दौडधुप

Author Image
बुधवार, साउन ५, २०७३

काठमाण्डौं ।

images

संसदमा कार्यसुची सम्बन्धी विवादमा सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले दलका नेताहरुसँगको छलफललाई तिव्रता दिएकी छन् ।

 

सभामुख घर्तीले बुधबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग विवादमा दलीय सहमति खोज्न आग्रह गरेकी छन् । संसदमा पेश भएको अविश्वासको प्रस्ताव पहिले कि पेश भएर छलफलसमेत भइसकेको प्रस्ताव पहिलो भन्ने विषयमा माओवादी र एमालेबीच विवाद भएको छ ।

 

अविश्वासको प्रस्ताव अगाडि नै दर्ता भएर छलफल पनि सकिएका विधेयक भन्दा पहिले अविश्वासको प्रस्ताव पारित गरेर सरकार ढाल्न माओवादी अघि बढेपछि सत्तारुढ दलले पनि अविश्वासको प्रस्तावमा छलफल हुन नदिने अडान लिएका छन् ।

 

माओवादीले पनि अविश्वासको प्रस्तावमा पहिले छलफल हुन पर्ने माग राखेको छ । यस्तो विवादमा सहमति खोज्ने बारे छलफलका लागि सभामुखले बुधबार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर