Aamsanchar

राष्ट्रपति र सभामुख बीचको भेट

Author Image
बुधवार, साउन ५, २०७३

काठमाडौं।

prez_speaker

 

प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध संसदमा कांग्रेस र माओवादी केन्द्रद्वारा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि उत्पन्न पछिल्लो परिस्थितिबारे सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले अग्रसरता लिएकी छिन् ।

 

यसैक्रममा उनले आज पछिल्लो राजनीतिक घटनाक्रम र संसद बैठकबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेकी छिन् ।

 

शितल निवासमा भएको भेटमा सभामुख घर्तीले संसदमा दर्ता गरिएको अविश्वास प्रस्ताव र संवैधानिक प्रवाधान लगायतका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएकी थिइन् ।

 

त्यसक्रममा राष्ट्रपति भण्डारीले दलहरुबीच सहमतिको वातावरण बनाएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी थिइन् । राष्ट्रपति भण्डारीले सभामुख घर्तीलाई दलहरुबीचको सहमतिको आधारमा अघि वढ्न सुझाव दिएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर