Aamsanchar

अब बसभित्रै शौचालय

Author Image
बुधवार, साउन ५, २०७३

काठमाडौँ ।

काठमाडौँदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ ।

‘डेभिट टुर्स एण्ड ट्राभल्स’ले दुई वटा बसभित्र शौचालयको व्यवस्था गरेको हो । उक्त बसका सञ्चालक दीपक भट्टराई बसभित्रै शौचालय भएको बस भित्र्याएपछि यात्रा गर्नेको सङ्ख्या बढेको बताउनहुन्छ । “ शौचालयको व्यवस्था गरेका कारण यात्रुले धेरै रुचाएका छन्,” उहाँले भन्नुभयो ।

नेपालमा धेरै पर्यटकीयस्थल रहेको र पर्यटकलाई यात्रामा सहज होस् भन्ने उद्देश्यका साथ यस्ता बस सञ्चालनमा ल्याएको बताउनुभयो ।” उक्त बस सञ्चालनबाट केटाकेटी र वृद्धवृद्धालाई बढी सहज भएको छ ।

पोखराका भीमबहादुर गुरुङ उक्त बस सञ्चालनमा आएपछि आफू निरन्तर सो बसमा यात्रा गर्दै आएको बताउनुहुन्छ । “अरु बसले दिशापिसाव लागेको बेला भनेको बेला रोक्दैनन्, यस बसमा यात्रा गर्दा मन ढुक्क हुन्छ,” उहाँले भन्नुभयो । सो बसमा काठमाडौँदेखि पोखरासम्मको भाडा रु ७०० रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)