Aamsanchar

झापामा जबरजस्ती करणी बढ्यो

Author Image
शुक्रवार, साउन ७, २०७३

भद्रपुर ।

झापा जिल्लामा जवरजस्ती करणी, मानव बेचविखन, ठगी र आत्महत्याका घटनाहरु क्रमस बृद्धि हुने थालेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको त्रिबर्षीय अपराधिक तथ्याक अनुसार गत आर्थिक बर्ष २०७२।७३ मा यी घटनाहरु बद्धि भएको पाइएको हो । आर्थिक बर्ष ०७०।७१ मा जबरजस्ती करणीमा ४४, ०७१।७२ मा ४७ र ०७२।७३ मा ५३ मुद्धा दर्ता भएको छ ।

त्यस्तै मानव बेचविखन तर्फ आर्थिक बर्ष ०७०।७१ मा १६, ०७१।७२ मा १३ र ०७२।७३ मा २३ मुद्धा दर्ता भएको छ । ठगी तर्फ आर्थिक बर्ष ०७०।७१ मा १२, ०७१।७२ मा ७ र ०७२।७३ मा १५ मुद्धा दर्ता भएको छ । आत्महत्या (बिष सेवन, भुण्डिएर, आगो लगाई र औजारबाट) तर्फ आर्थिक बर्ष ०७०।७१ मा २ सय २६, ०७१।७२ मा २ सय ४१ र ०७२।७३ मा २ सय ४२ मुद्धा दर्ता भएको प्रहरी कार्यालय झापाको तथ्याकमा उल्लेख छ ।

त्रिवर्षिय तथ्याङ् अनुसार ०७२।७३मा मुद्धा दर्ता संख्यामा केहि कमी आएको छ । आर्थिक बर्ष ०७०।७१ मा १ हजार ७६ मुद्धा दर्तामा १ हजार ५३ मुद्धा फछौट, ०७१।७२ मा १ हजार २ सय ७ मुद्धा दर्तामा ८ सय ३८ मुद्धा फछौट र ०७२।७३ मा १ हजार १ सय ९७ मुद्धा दर्ता भएकोमा ७ सय ८८ मुद्धा फछौट भएको छ । आत्महत्याका घटनाको मुद्धा दुई बर्ष लम्बिने भएकोले तथ्याकमा मुद्धा फछौट बृद्धि देखिएको मुद्धा फााटका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले बताए ।

प्रहरीको तथ्याङ्कमा आर्थिक बर्ष ०७२।७३ मा कर्तव्य ज्यानमा २३, ज्यान मार्ने उद्योगमा १७ मुद्धा दर्ता भएको देखिन्छ । जबरजस्ती करणी उद्योगमा १९, चोरीमा ३०, लागु औषधमा १ सय १५, भवितव्य ज्यानमा १ सय ४२, सवारी भवितव्य ज्यानमा ५, बहुविवाहमा १७, जुवा ऐनमा ४, चिठ्ठा अपराधमा १, सरकारी छाप दस्तखत किर्तेमा ३ मुद्धा दर्ता भएको छ । केहि सार्वजानिक अपराध तर्फ ३ सय ७६ मुद्धा दर्ता भई सवै फछर्योट भइसकेको छ ।

खुनडाका, डाका, कालोबजारी, मानवअपहरण गर्ने उद्योग, फिरौती माग, कुटपिट, नागरिकता किर्ते, किर्ते जाल साजी तर्फ कुनै मुद्धा दर्ता नभएको तथ्याकमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)